|

उदयपुरः अनौपचारिक सेवा केन्द्र इन्सेकले संलकन गरेको मानवअधिकार उलंघनका घटनामध्ये उदयपुरमा धेरै बलात्कारका घटना घटेको पाइएको छ। उदयपुरमा १० महिनामा ७० मानवअधिकारका घटना उलंघन भएकोमध्ये बलात्कार मात्र ३९ वटा रहेका छन्।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले बिहीबार सदरमुकाम पछिल्लो १० महिनाको अवधिमा मानवअधिकार उलंघन भएका घटनाको तथ्यांक सार्वजानिक गरेको हो। इन्सेक प्रतिनिधि उदयपुरका भरत खड्का अनुसार ३९ घटनामध्ये २६ वटा बलात्कार र बाँकी १३ वटा बलात्कारको प्रयास भएका छन्।

तथ्यांकअनुसार बलात्कार र बलात्कारको प्रयासबाट २१ जना बालिका र १८ जना महिला प्रताडित भएका छन्। कार्यक्रममा सन २०१८ को जनवरीदेखि अक्टोवरको अन्तिमसम्म अर्थात १० महिनामा जिल्लामा ७० वटा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरू गैरराज्य पंक्षबाट भएका छन्।

समग्र घटनाबाट ७३ जना पीडित भएका छन्। इन्सेकको अभिलेखमा रहेका ७० घटनामध्ये ३४ वटा अदालतले फैसला र मेलमिलापकर्तामार्फत् मिलापत्र गरिएको छ। बालिका बलात्कार १२, बलात्कारको प्रयास ८, अपहरण गरी बालिका बलात्कार १, महिला बलात्कार १३, बलात्कारको प्रयास ५, घरेलुहिंसा १५, वहुविवाह ५ घटना भएको इन्सेक प्रतिनिधि खड्काको भनाइ छ।

त्यसैगरी वम विस्फोठनबाट बालक घाइते १, कर्मचारीमाथि दुव्र्यवहार २, जनप्रतिनिधिमाथि दुव्र्यवहार १, हत्या २, बालविवाह २, खुकुरी प्रहार १, अभक्ष खुवाएको १ र वैवाहिक बलात्कार १ वटा रहेका छन् भने घटनामा ३ जना आरोपित फरार रहेको उल्लेख गरिएको छ।

तथ्यांकले ३ जना महिला र १ जना सुस्तमनस्थिति भएका बालिका बलात्कारको सिकार बनेका देखाएको छ। ५ वर्षको बालिका १० वर्षको बालक, ७ वर्षको बालिका १० वर्षको बालिका बीच शारीरिक सम्पर्क हुनु लज्जास्पद विषय भएको तथ्यांक प्रस्तुत गरिएको छ। इन्सेक उदयपुरले नेपाल मानवअधिकार वर्ष पुस्तक २०१९ मा समेटिने घटनाहरू यस वर्षमा दुई पटक सार्वजानिक गरी सकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.