|

हेटौडा : प्रदेश ३ का मुख्यमन्त्री  डोरमणि पौडेलले सिंहदरबार स्थानीय तहमा रित्तो हात आएको बताएका छन्।

शुक्रबार प्रदेश ३ को प्रदेशसभाद्वारा आयोजित प्रदेशसभाबाट निर्माण भएका कानुन र कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पौडेलले यस्तो बताएका हुन्। कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले घरघरमा सिंहदरबार पुर्‍याउने सरकारको लक्ष्य पूरा भए पनि खाली हात सिंहदरबार आइपुगेको बताए। उनले हालसम्म पनि दरबन्दीअनुसारको आवश्यक कर्मचारी नआइपुगेको भन्दै कर्मचारीको अभावमा काम गर्न कठिनाई भएको गुनासो गरे।      

प्रदेश ३ मा सबैतिरको चासो रहेको भन्दै उनले कयौँ समस्याको बाबजूद पनि सरकार काम गर्न लागी परेको दाबी गरे। ‘ सबै भएन भनेर कमजोरी देखाउनुभन्दा भएकोबाट काम गर्नु उचित हुन्छ ’ उनले भने। समृद्व नेपाल बनाउने जिम्मेवारी सिंहदरबारलाई देखाएर पूरा नहुने भन्दै उनले सबैलाई जिम्मेवार बन्न आग्रह पनि गरे।

मुख्यमन्त्री पौडेलले स्थानिय तहले कानुन कार्यान्वयन र बजेट परिचालन गर्न नसकेको भन्दै  संघीय लोकतान्त्रिक पद्धतिलाई राख्न सबैले ठीक ढंगले काम गर्न आवश्यक रहेको पनि औँल्याएका छन्।

प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेल, अर्थमन्त्री कैलाश ढुंगेल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, प्रदेशसभा सदस्यहरू मुनु सिग्देल, प्रेमबहादुर पुलामी, कुमारी मुक्तान तथा विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.