|

हुम्ला : दशैँ र तिहार सकिएलगतै सिमकोट विमानस्थलबाट नेपागञ्ज तथा सुर्खेत जाने यात्रुले हवाई टिकट नपाएको गुनासो गरेका छन्। टिकेटका लागि सिमकोट विमानस्थलमा गएका यात्रुले हवाई टिकट नपाएको गुनासो गरेका हुन्।

विमानस्थलमा टिकट नपाएपछि सेवाग्राही अहिले एयरलाइन्स कम्पनीका कर्मचारीको घरमै धाइने गरेको सर्केगाड गाउँपालिका राहदेवका देव ऐडीले बताए। उनले भने, 'सेवाग्राहीहरू हुम्लामा उडान भर्ने निजी एयरलाइन्स कम्पनीका कर्मचारीकै घरमा टिकट पाइन्छकी भनी हरेक दिन धाउने गरेका छन्।'

सेवाग्राही बिहान पाँच बजे सिमकोट विमानस्थलमा धाउँदासमेत टिकट नपाएको ऐडीले बताए। उनका अनुसार विमानस्थलबाट टिकट वितरण गर्नु पर्नेमा अहिले कर्मचारीले आफ्नै घरबाट टिकट बेचिरहेका छन्। दशैँ, तिहार मनाउन घर पुगेका, सेवाग्राही सुर्खेत तथा नेपागञ्ज जाने टिकट नपाउँदा सास्ती खेप्नु परेको हो।

हिउँदको सिजनमा सबै जहाज पूर्वमा उडान भर्ने र नेपालगन्जबाट कमी विमानले उडान भरेकै कारणले यात्रुको चाप बढेको सिमकोट विमानस्थलले जनाएको छ। विमानस्थलका अनुसार सुर्खेतबाट एउटा निजी कम्पनीको विमानले मात्र उडान भरेको छ।  सरकारी धजावाहक विमानले भने महिनाको दुईपटक मात्र उडान भर्नाले हुम्लाका यात्रुलाई समस्या हो। सिमकोटका लागि तारा, सीता, गोमा, मकालुलगायतका निजी विमानहरूलेले सिमकोट, नेपागञ्ज, सुर्खेत उडान भर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.