|

अमेरिकी गोप्य दस्तावेजहरू सन् २०१० मा सार्वजनिक गरेका विकिलिक्सका संस्थापक जुलियान असान्जमाथि संयुक्तराज्य अमेरिकामा अभियोग दर्ता गरिएको विकिलिक्सले जनाएको छ।

विकिलिक्सका अनुसार, अमेरिकी अभियोजनकर्ताहरूले अदालतमा शिलबन्दी अभियोगपत्र दर्ता गरेका छन्। तर असान्जविरुद्धको अभियोगको प्रकृतिबारे स्पष्ट हुन सकेको छैन।

'अमेरिकी न्याय विभागले एउटा शिलबन्दी अभियोगपत्र अदालतमा पेश गरेको पाइयो', विकिलिक्सले ट्वीटरमा लेखेको छ। अमेरिकी सहायक महान्यायाधीवक्ता केल्लेन ड्वाएरले अदालतमा असान्जविरुद्धको खामबन्दी अभियोगपत्र दर्तामा रहेको र त्यो अझै नखोलिएको बताए। उनले अदालतलाई अझै पनि उक्त अभियोगको खाम नखोल्न आग्रह गरेका छन्।

मुद्दाको संवेदनशीलताका कारण गोपनीयता राख्न जरुरी भएको बताएकी ड्वाएरले असान्जलाई पक्राउ नगर्दासम्म उक्त खामबन्दी अभियोगलाई खामबन्दी नै राखिने बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.