|

भारतको तटीय क्षेत्रमा शुक्रबार आएको भीषण सामुद्रिक आँधीमा परी कम्तीमा ११ जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन्।

हजारौंको सङ्ख्यामा रुखहरू आवासीय भवन र सवारी साधनमा ढलेका कारण दशौं हजार व्यक्तिहरू आ–आफ्नो आश्रयस्थलबाट भागेका थिए। ‘गाजा’ नाम दिइएको यो सामुद्रिक आँधी तामिलनाडु राज्यमा १२० किलोमिटर प्रति घण्टाको हिसाबले आएको थियो।

त्यसअघि सो आँधी नागापात्तिनाम नजिकैको तटीय क्षेत्रमा आएको भारतीय मौसम अधिकारीहरूले जानकारी दिएका छन्। गाजा आँधीको कारण कम्तीमा ११ को मृत्यु भएको बताइएता पनि यसको विस्तृत विवरण भने प्राप्त भएको छैन।

भारत सरकारले यस प्रकोपमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई जनही दश लाख भारु क्षतिपूर्ति दिइने घोषणा गरेको छ। यस आँधीको कारण क्षतिग्रस्त र ध्वस्त भएका सडकहरु र विद्युतीय लाइनको मर्मतको लागि सयौं आपतकालीन उद्धारकर्मीहरू परिचालन गरिएको छ।

दक्षिण भारतमा हरेक वर्ष अप्रिलदेखि डिसेम्बरसम्म आँधीले सताउने गरेको छ। गत वर्ष तमिलनाडु र केरलामा आएको ओच्खी नामक आँधीका परी करिब दुईसय ५० जनाको मृत्यु भएको थियो।

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.