|

रुकुम : रुकुमकोटमा नेपाल शिक्षक महासंघ जिल्ला कार्य समिति रुकुम (पूर्व)ले शिक्षा विकास तथा समन्वय इकाइमा धर्ना दिएको छ। शुक्रबार शिक्षक महासंघले पेशागत र शैक्षिक सुधारका मागहरू राख्दै शिक्षा विकास तथा समन्वय इकाइमा धर्ना तथा विरोधसभा गरेका हो।

संविधानको धारा ३१ मा उल्लेखित शिक्षासम्बन्धी हकको व्यवस्थाअनुसार सबैलाई आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यामिक तहसम्मको शिक्षा निःशुल्क गर्ने कुरा व्यवहारमा लागू गरिनुपर्ने, शिक्षक सेवा आयोगलाई वैधानिक रूप दिनुपर्ने, शिक्षक काउन्सिल व्यवस्था गर्नुपर्ने, शिक्षक सस्था र सरकारबीच भएका विगतका सबै सहमती तथा सम्झौता लागू गरिनुपर्ने, विद्यालय कर्मचारीका तहगत दरबन्दी सृजना गरी सोहीअनुसार पारिश्रमिकको व्यवस्था गरिनुपर्ने, राष्ट्रिय मर्यादा क्रमको सूचीमा विद्यालय शिक्षकको मर्यादा क्रम समावेश गरिनुपर्नेलगायतका मागहरू राख्दै धर्ना तथा विरोधसभा गरेका हुन्।

धर्ना तथा विरोधसभामा बोल्दै शिक्षक महासंघ प्रदेश ५ का सचिव मोहन केसीले आन्दोलन रहरको विषय नभई बाध्यताको उपज भएको बताए। शिक्षकहरूमाथि धेरै नै विभेद गरिएको भन्दै माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनको भनाई थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.