हत्यारा पत्ता लगाई न्याय दिन मन्त्रीसँग माग
हत्यारा पत्ता लगाई न्याय दिन मन्त्रीसँग माग
कञ्चनपुर : कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा संकास्पद थप चार जनाको डिएनए 'म्याच' भएन्। चारवटै डिएनएको नमूना नेगेटिभ आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्ण राज ओझाले बताए ।
अघिल्लो साता चार जना युवकको नमूना संकलन गरेर डिएनए परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाएको थियो। अन्य थप तीन जना संकास्पदहरूको डिएनए परीक्षणका लागि पठाउन लागेको उनले बताए। 'आवश्यक परे अनुसन्धानमा संकास्पद देखिएका अरूको नमूना समेत पठाइने छ' उनले भने ।
यसअघि प्रहरीले भीमदत्त नगरपालिका १९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्ट, कञ्चनपुर प्रहरी प्रमुख दिल्लीराज विष्ट, महेन्द्रनगरका दुई युवक किरण र आयुसको डिएनए परीक्षण गरिए पनि मिलेको थिएन।
हत्यारा पत्ता लगाई न्याय दिन मन्त्रीसँग माग
निर्मला पन्तका आमाबुवाले शुक्रबार सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहलाई हत्यारा पत्ता लगाइ न्याय दिन माग गरेका छन्।
छ दिनदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको गेट नजिक धर्नामा बसेका बुवा यज्ञराज पन्त र आमा दुर्गा देवी पन्तलाई भेटन आएका मन्त्री शाहलाई छोरीको हत्यारा पक्राउ गरी कानुनी कारवाही गरी न्याय दिन माग गरेका हुन्। निर्मलाका आमाबुवाको स्वास्थ्य अवस्था बिग्रिएको जानकारी पाएपछि मन्त्री शाह स्वास्थ्य अवस्था बुझन कञ्चनपुर पुगेका हुन्।
'हत्यारा खोजी गर्न लागि परेका छौं। संघीय सरकारसँग समेत यस बारे समन्वय भइरहेको छ', मन्त्री शाहले पीडित परिवारलाई अश्वास्त पार्दै भने 'हत्यारा खोजी गरी कानुनी कठघारामा ल्याएर छाड्छौँ। चिसोको बेला स्वास्थ्यको ख्याल राख्नोस् अर्को दुर्घटना हुन सक्छ। स्वास्थ्य अवस्था बिग्रिएको जानकारी पाएपछि भेटन आएको हुँ।'
तपाईंको ईमेल गोप्य राखिनेछ ।