|

सिन्धुली : प्रहरीले जिल्लाको ग्रामीण भेगमा अवैध रूपमा लगाइएको गाँजा खेती शुक्रबार नष्ट गरेको छ। जिल्लाको मरिण गाउँपालिकामा प्रहरीले करिब २५ बिगाहा जमिनमा लगाएको गाँजा खेती नष्ट गरेको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाको नेतृत्वमा गाँजा खेती नष्ट गरेको छ। शुक्रबार नष्ट गरिएको गाजाको बजार करिब मूल्य आठ करोड रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ।

जिल्लाको मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा गरी करिब ५० बिगाहा जमिनमा गाँजा खेती भएको प्रहरीले बताएको छ। विकट क्षेत्र भएकाले प्रहरी प्रशासनको कम उपस्थिति हुँदा अवैधानिक खेती हुने गरेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट १५ जना ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट १५ जना र प्रदेश ३ प्रहरी कार्यालय हेटौँडाबाट आएको २५ जना दंगा प्रहरी गरी ५५ जना रहेको प्रहरीको टोलीले गाँजा खेती नष्ट गरेका हुन्।

तराईका बासिन्दाले प्रतिकठ्ठा तीन हजारसम्म जग्गा ठेक्कामा लिएर गाँजा खेती गर्ने गरेको स्थानीय कुमारी माया तामाङकाले बताइन्। पैसा दिएर जग्गा लिए पनि साँहू को हो? भन्ने थाहा नभएको तामाङले बताइन्। मरिण गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ मा बढी गाँजा खेती हुने गरेको स्थानीयको भनाई छ।

जाँगा फाडानीमा लागुऔषध ब्युरो काठमाडौं कोटेश्वरका कपिलदेव कार्की, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक जयदेव माझी लगायतको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ। उक्त क्षेत्रको गाँजा फडानी गर्न अझै १० दिन लाग्ने प्रहरी नायव उपरीक्षक थापाले बताए।

सुराकीको आधारमा गाँजा खेती भएको जानकारी आएपछि जिल्ला र प्रदेश प्रहरीसँग समन्वय गरी शुक्रबारदेखि फडानी शुरु गरेको प्रहरी निरीक्षक माझीले बताए। नेपालमा गाँजा खेतीसम्बन्धी काम गर्ने जेटिए नभएकाले भारीतय जेटिए आउने गरेको अनुसन्धानमा देखिएको कार्कीले जानकारी दिए। प्रहरीको टोलीले गाँजा फाडानी शुरु गरेपछि स्थानीय पुरुष लुकेको प्रनाउ थापाले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.