|
प्रतीकात्मक तस्वीर

जनकपुरधाम : महोत्तरीमा सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ। महोत्तरीको जलेश्वर–बखरी सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई भएको दुर्घटनामा एक जनाको मृत्यु भएको हो।

जलेश्वरबाट बखरीतर्फ जाँदै गरेको तीव्र गतिको अन्टेस्ट मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। दुर्घटनामा मोटरसाइलको पछाडि सवार एकडांरा गाउँपालिका ३ अजमरपट्टी बस्ने २४ वर्षीय अजय मण्डल गम्भीर घाइते भई उपचारका लागि जलेश्वर अस्पताल ल्याइएको थियो। तर जलेश्वरमा उपचार सम्भव नभएपछि थप उपचारको क्रममा जनकपुर अञ्चल अस्पतालमा मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक ईश्वर कार्कीले जनाए।

यता मोटरसाइकल चालक संजु अधिकारीलाई पक्राउ गरी आवश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.