|

धनगढी प्रिमियर लिग (डिपिएल)ले यो वर्ष आगामी माघ १९ देखि फागुन ४ सम्म हुने भएको छ। प्रतियोगिताको तेस्रो संस्करण फाप्ला मैदानमा आयोजना गर्ने आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए)ले जनाएको छ।

क्रिकेटको छोटो संस्करण टी–२० फर्म्याटमा हुने प्रतियोगितालाई गत संस्करणभन्दा थप भव्य  बनाउने आयोजकले जनाएको छ। डिसिएका अध्यक्ष सुवास शाहीले प्रतियोगिताका दौरान राष्ट्रिय खेलकुद परेमा राष्ट्रिय खेलकुद परिषदसँग समन्वय गरेर अघि बढ्ने बताए। 

प्रतियोगिताको मिति तय तथा मुख्य प्रायोजक घोषणा कार्यक्रममा आयोजकले करिब पाँच करोड हाराहारीमा खर्च हुने अनुमान गरेको छ। प्रतियोगिताका लागि यो वर्ष पनि विभिन्न छ वटा फ्रेन्चाइजिज टिम रहने जनाइएको छ। आयोजक डिसिएका अध्यक्ष सुवास शाहीले पुरानै फ्रेन्चाइज टिमहरुलाई नै प्राथमिकतामा राखिने जानकारी दिए।

यसअघि जस्तै डिपीएलमा हरेक टिमले दुई विदेशी र धनगढीमा हुने ट्यालेन्ट हन्टबाट आएका सुदूरपश्चिमका एक खेलाडी अनिवार्य सहभागी गराउनु पर्नेछ। जारी संस्करणदेखि डिपीएल धनगढीमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने उद्देश्य राखिएको फाप्ला मैदानमा आयोजना गरिने छ। यसअघि प्रतियोगिता संघीय इकाइ प्रहरी कार्यालयको खेल मैदानमा हुँदै आएको थियो। उक्त मैदान सानो भएको आरोप आयोजकले खेप्ने गरेको थियो। तर, यो पटक उक्त मैदानलाई वैकल्पlक मैदानका रुपमा मात्र राखिने छ। तर यो पटक उसले प्रतियोगिता फाप्लामा गर्ने निर्णय गरेको हो। 

रुस्लानसँग तीन वर्षे सम्झौता

गत संस्करणको मुख्य प्रायोजक रहेको विजय डिस्टिलरीको रुस्लानले डिपीएलका लागि थप तीन वर्षे सम्झौता गरेको छ। गत वर्ष एक वर्षका लागि मात्र सम्झौता भए पनि यो वर्ष भने हरेक वर्ष सम्झौता रकममा वृद्धि गर्ने सम्झौतासहित तीन वर्षै सम्झौता गरिएको हो। यस संस्करणका लागि मुख्य प्रायोजक बनेको रुस्लानले एक करोड १० लाख बराबरको नगर जिन्सी आयोजकलाई उपलब्ध गराउने छ।

सम्झौता पत्रमा डिस्टिलरीका मुख्य फाइनान्स अधिकृत सतीस कर्ण र डिसिएका अध्यक्ष शाहीले हस्ताक्षर गरेका थिए। सम्झौताअनुसार मुख्य प्रायोजक वापत विजय डिस्टलरीले यस संस्करणका लागि नगद र जिन्सी गरि एक करोड १० लाख रुपैयाँ आयोजकलाई  दिने भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.