|

सहिद स्मारक ए डिभिजन लिगको दोस्रो चरणका खेल शनिबारबाट सुरु हुँदै छन्। दशै|, तिहार र छठजस्ता चाडपर्वले स्थगित गरिएको लिगका बाँकी खेल सुरु गर्न लागिएको हो।

असोज १३ बाट सुरु भएको लिगमा पहिलो चरणका खेल समाप्त भएका छन्। पहिलो चरणमा कुनै पनि क्लबले आफ्नो रवाफ देखाउन सकेनन्। यद्यपि, लिगमा सबैले समान १–१ खेल मात्र खेलेकाले अहिले नै प्रदर्शनको समीक्षा गर्ने समय भने भएको छैन। उपाधि दाबेदार क्लबहरुले जित निकालेकाले लिग रोमाञ्चक हुने छ। शनिबारको खेलमा मनाङ र एनआरटी तथा आर्मी र च्यासल प्रतिष्पर्धा गर्ने छन्। 

दोस्रो चरणको लिग सुरु हुनुअघि प्रशिक्षकहरुले आफ्नो तर्फबाट सक्दो राम्रो गर्ने बताएका छन्। एनआरटीका प्रशिक्षक महेश्वर मुल्मीले पहिलो चरणमा रेफ्रीको गल्ती आफूहरुका लागि अझै ताजै रहेको स्मरण गरे। उनले क्लबले रेफ्रीमाथि कार्वाहीको विषयमा केही नभएको बताए। क्लबका खेलाडीले नियमित तयारी गरेको भन्दै युवा र अनुभवी खेलाडीको मिश्रणले टिम बलियो बनेको उनको दाबी छ।

त्यस्तै, त्रिभुवन आर्मी क्लबका प्रशिक्षक नवीन न्यौपानेले सुरुवात राम्रो नभए पनि बाँकी खेलमा आर्मी लयमा आउने दाबी गरे। उनले च्यासलविरुद्धको खेल आर्मीका लागि निकै महत्त्वपूर्ण भएको बताए। च्यासल अहिले निकै बलियो भएकाले आर्मी संयमित भएर मैदान उत्रने उनको भनाइ छ। राम्रो तयारी भएको भन्दै तयारी अनुसारको प्रदर्शन भएमा नतिजा निस्कने विश्वास ब्यक्त गरे।

त्यस्तै, नेपाल पुलिस, थ्रीस्टार, मच्छिन्द्र, ब्रिगेड ब्वाइज, संकटा, च्यासल, एपिएफ, फ्रेन्डस्, मनाङलगायत टिमका प्रशिक्षकले पनि आफ्नो तर्फबाट सक्दो राम्रो खेल्न प्रयास गर्ने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.