|

प्रधानमन्त्री : केपी शर्मा ओली का निजी चिकित्सकले अझै कम्तीमा १५ दिन भिडभाडबाट टाढै रहन सुझाब दिएको छ । 

सार्वजनिक कार्यक्रमहरूमा सहभागी नभए पनि प्रधानमन्त्रीको स्वास्थ्य स्थिति भने सामान्य भइसकेको जनाइएको समाचार नयाँ पत्रिका दैनिकमा छ। तर, अझै केही दिन सतर्कता अपनाउनुपर्ने चिकित्सकहरूको भनाइ छ। ‘डिस्चार्जपछि हामीले प्रधानमन्त्रीज्यूलाई एक महिनाजति धेरै भिडभाडबाट टाढै रहन, चिसोबाट बच्न सुझाब दिएका छौँ,’ निजी चिकित्सक डा. दिलीप शर्माले भने, ‘हाम्रो सुझाबलाई मनन गरेरै प्रधानमन्त्रीज्यू भिडभाड हुने सार्वजनिक कार्यक्रममा सहभागी नहुनुभएको हुन सक्छ।’

पछिल्लो संक्रमणमा एन्टिबायोटिक चलाइएकाले बढी भिडभाड हुने कार्यक्रममा जाँदा बल्झिन सक्ने भन्दै निजी चिकित्सकद्वय शर्मा र दिव्या सिंहले प्रधानमन्त्रीलाई स्वास्थ्यमा ख्याल राख्नुपर्ने सुझाब पनि दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.