|

जनकपुर : भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ रामजानकी विवाहपञ्चमीमा जन्ती बनेर जनकपुर आउने भएका छन्। प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले विवाहपञ्चमी महोत्सवमा जन्ती बनेर मुख्यमन्त्री योगी आउने टुंगो लागेको बताए।

कान्तिपुर दैनिकमा समाचार छ, मंसिर २६ गते विवाहपञ्चमीमा योगीसहित आउने जन्तीलाई स्वागत गर्न प्रदेश सरकारले तयारी थालेको छ। राम र सीताको विवाहको सम्झनामा हरेक वर्ष मंसिरमा जनकपुरमा विवाहपञ्चमी महोत्सव आयोजना हुन्छ। नेपाल र भारतका हजारौं सहभागी रहने महोत्सवमा भारतको अयोध्याबाट जन्ती आउने चलन छ।

‘योगी जनकपुरमा रहँदा उनको सुरक्षा र अन्य बन्दोबस्त मिलाउने गृहकार्य सुरु भएको छ,’ मन्त्री यादवले कान्तिपुरसँग भने, ‘विवाहपञ्चमीलाई भव्य बनाउने तयारी भइरहेको छ।’ भारतका उच्च पदस्थ व्यक्ति जन्ती बनेर आउने भएपछि प्रदेश सरकारले महोत्सवका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको मुख्यमन्त्री लालबाबु राउतले बताए।

रामजानकी विवाह महोत्सवमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफैँ जन्ती बनेर आउन इच्छुक थिए। उनको जनकपुर भ्रमण अनिश्चित भएपछि उत्तरप्रदेशका मुख्यमन्त्री योगी र केन्द्र सरकारका रेलमन्त्री सुरेश प्रभु आउन लागेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.