धनगढी : कैलालीको धनगढीमा शुक्रबार राति एक युवकको हत्या भएको छ। धनगढी उपमहानगरपालिका–४ मा रहेको प्रदेश प्रमुखको कार्यालय नजिकै करिब २७ वर्षीय विजय थापाको हत्या भएको प्रहरीले जनाएको छ।
हत्याको आरोपमा उपमहानगरपालिका–४ कै आशिष सेटी पक्राउ परेका छन्। हत्यापछि थापाको शव घिसार्दै लैजाने क्रममा सेटी फक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक हरि वलीले बताए।
‘शुक्रबार राति करिब ९ बजे घटना हो,’ प्रहरी नायब उपरीक्षक वलीले भने, ‘गस्तीमा रहेका प्रहरीले शवसहित सेटीलाई पक्राउ गरेको हो।’ प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।