|

काठमाडौं : उद्याेगी व्यवसायीले स्वइच्छाले र रहरले कर तिर्ने वातवरण बनाउनकाे लागि अाग्रह गरेका छन्। सरकारले कर दिवसकाे अवसर पारेर सबैभन्दा बढी कर तिर्ने व्यक्तिलाई सम्मान गरिरहदा कर संकलकले गर्ने व्यवहार र कर प्रणाली प्रति व्यवसायीले असन्तुष्टि जनाएका हुन्। 

उनीहरूले सरकारले अातंक बढाएर कर तिर्ने लगाइएकाे समेत गुनासाे गरेका छन्। करदातालाई सम्मान गर्ने र सुविधा दिने प्रवृत्ति बढाउन निजी क्षेत्रले माग गरेकाे छ। 
नेपाल उद्याेग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले कर प्रणाली  सिस्टाेमेटिक हुँदा देश अार्थिक रूपमा सक्षम हुने बताउँदै सिस्टाेमेटिक बनाउन अाग्रह गरिन्। उनले अहिले पनि कतिपय कानुनहरु जटिल रहेकाे तर सुधार नभएकाे बताइन्। डुइङ विजनेशमा नेपालकाे अबस्था खस्कनु सरकार सुधारमा नदेखिएकाे प्रष्ट हुने अबस्था रहेकाे उनले बताइन्। साथै कर तिर्ने मान्छे भनेपछि गर्व गर्ने वातवरण बनाउन अाग्रह गरिन्।

नेपाल उद्याेग परिसंघका अध्यक्ष हरिभक्त शर्माले राज्य कर उठाउन सफल भएकाे बताए। उनले राज्यलाई बढी कर तिर्दा निजी क्षेत्रकाे लगानी गर्ने रकमकाे अभाव भएकाे बताए। उनले उद्याेगी हुनु भनेकाे धेरै चिन्ता लिनु भएकाे बताउदै सुधारकाे लागि अाग्रह गरे। उनले २४ प्रतिशत कर बढाउने लक्ष्य निर्धारण गर्दा कति प्रतिशत सुधार र विकास भन्ने पनि छुट्याउन अाग्रह गरे। नेपाल चेम्वर अफ कमर्शका अध्यक्ष राजेशकाजी क्षेष्ठले अातंककाे गरेर कर नबढ्ने भन्दै असन्तुष्टि जनाए। 

कर दाताले कर तिरेकाे तर कर संकलन गर्ने अाफ्नाे दायित्व लिन नसकेकाे समेत गुनासाे गरे। अध्यक्ष श्रेष्ठले एशियाकै कम कर उठाउने देश नेपाल भनेर प्रधानमन्त्रीले भनेपनि सबैभन्दा बढी तिर्नु परेकाे बताए। उनले केही करदातालाई सम्मान गर्ने काम गरेकाे कारण समयमै कर तिर्ने प्रवित्ती बढेकाे बताए।
उनले विलासिता र अत्याबश्यक सामाग्रीमा छुट्टाछुट्टै भ्याट बिल राख्नुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.