|

डडेल्धुरा : भागेश्वर गाउँपालिका–४ कुरङायलमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। शनिबार बिहान भागेश्वरबाट डडेल्धुरा सदरमुकाम आउँदै गरेको म १ ज १८० नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा भागेश्वर गाउँपालिका–२ का २७ वर्षीय धर्मसिंह मडै र वडा नं. ३ का गाडी धनी ४५ दीपेन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए।

दुर्घटनामा १७ जना घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा ल्याइएको छ। जिप सडकभन्दा १०० मिटर तल खसेको जनाइएको छ। दुर्घटनाको कारण भने खुलेको छैन। 

घाइते हुनेहरूमा भागेश्वर गाउँपालिका–३ का ३ वर्षीय एलकस नागरी, ४० वर्षीय रणबहादुर शाही, ११ वर्षीय तनुजा शाही, २२ वर्षीय नवीन शाही, ३२ वर्षीय विष्णु शाही, २३ वर्षीय माया नागरी, बैतडीको मेलौली–८ बस्ने १८ वर्षीय गौरी विष्ट, धनगढी उपमहानगरपालीका १४ कनरीका २६ वर्षीय केशव मल्ल, बैतडी तल्लो सोराड ४ का १२ वर्षीय शुसिल महता, कञ्चनपुर दैजीकी २० वर्षीय सर्मीला रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.