|

सल्यानः कर्णाली प्रदेशका प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरिक्षक महेश विक्रम शाहले नागरिकले प्रहरी माथि विश्वास गर्ने वातारण बनाउनु पर्ने भएका छन्। नागरिकले प्रहरीमाथि विश्वास गर्ने वातारण नबनेसम्म समाजमा हुने अपराधिक क्रियाकलाप नियन्त्रण हुन नसक्ने उनको भनाई रहेको छ। 

शनिबार जिल्ला प्रहरी कार्यालय सल्यानले आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा बोल्दै डिआइजी शाहले समाजमा हुने अपराधिक क्रियाकलाप नियन्त्ररणका लागि नागरिक सचेत रहनु पर्ने बताए। उनले भने ‘अपराधिक क्रियालाप गर्ने अर्को कुनै क्षेत्रबाट नआई त्यही समाजबाट उत्पत्ति हुने भएकाले यस्ता अपराधिक गिरोह निर्मूलका लागि  समाज नै अग्रसर हुनु पर्दछ।’ 

प्रर्णाली प्रदेशका नागरिक शान्ति सुरक्षा प्रति कटिवद्ध भएका कारण अन्य प्रदेशको तुलनामा यस प्रदेशका अपराधिक घटना कम हुने गरेको बताएका छन्। साना स्कुले बालबालिका लागुपदार्थको शिकार हुने गरेको बताउँदै डिआइजी शाहले अभिभावक र शिक्षकले महत्वपूर्ण भूमिका निभाउनु पर्ने बताए।

उनले भने ‘साना साना बालबालिहरु लागुपदार्थ सेवनमा लागेको देखिन्छ त्यसको नियन्त्ररणका लागि विद्यालयहरुमा लागु पदार्थ सम्बन्धी कक्षा र अभिभावक तथा शिक्षकले पहलकदमी लिनु पर्छ। आफ्नो छोरा छोरीहरुले के गरी रहेका छन् त्यसको नियमित अनुगमन गर्नुपर्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.