|

रामेछाप : संघीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले ०७२ को भूकम्पपछि भइरहेको पुनर्निर्माणको काम सम्पन्न गर्न डेढ खर्ब रुपैयाँ बजेट अभाव हुने बताएका छन्। रामेछाप जिल्लाको मन्थली नगरपालिका–८ गाइखुरामा निर्माण हुन लागेको एकीकृत नमुना बस्तीको निरीक्षण गर्न रामेछाप पुगेका अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन्।

पुनर्निर्माणका बाँकी काम सम्पन्न गर्न तीन खर्ब रुपैयाँ लाग्ने बताउँदै त्यसको लागि डेढ खर्ब रुपैयाँ बजेट अभाव हुने बताएका हुन्। भूकम्पबाट क्षति भएका एक तिहाई मात्र निजी आवास निर्माण भएको पनि अर्थमन्त्री खतिवडाले बताए।

विश्व बैकको सहयोगविना पुनर्निर्माणको काममा असर पर्ने भएकाले पुनर्निर्माणमा थप सहयोगको लागि विश्व बैंकसँग कुरा भइरहेको पनि अर्थमन्त्री खतिवडाले बताए। अर्थमन्त्री डा. खतिवडाले विश्व बैंकले सहयोग नगर्ने हो भने नेपालको सामाजिक विकासमा समेत गम्भीर असर पर्ने बताए। भूकम्पबाट क्षतिग्रस्त गाइखुखारको माझी बस्तीको सरकारी लगानीमा एकीकृत नमुनाबस्ती निर्माण गरिने भएको छ।

एकीकृत नमुनाबस्ती निर्माण गरिने ठाउँको स्थलगत निरीक्षणका लागि अर्थमन्त्रीसहित एसियाली विकास वैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष हटविङ सेचफरको टोली रामेछाप पुगेको हो। माथिल्लो अरुण जलविद्यत आयोजनाको भ्रमण गरेर रामेछाप पुगेका टोलीमा पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख सुशील ज्ञावली पनि थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.