|

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लब विजयी भएको छ।

हल्चोकस्थित सशस्त्र प्रहरीको खेलमैदानमा सम्पन्न खेलमा मनाङले न्युरोड टिम (एनआरटी) क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो। खेलको १७ औँ मिनेटमा अञ्जन विष्टको पेनाल्टी गोलमार्फत मनाङले अग्रता लिएको थियो। अञ्जनलाई एनआरटीका खेलाडीले डिबक्सभित्र लडाएपछि मनाङले पेनाल्टी पाएको थियो।

खेलको ३९ औँ मिनेटमा एनआरटीको डिफेन्स लाइनलाई बिट गर्दै अफ्रिकन खेलाडी ओलाव अफिजले मनाङको अग्रतालाई दोब्बर बनाएका थिए। पहिलो हाफमा २–० को अग्रता बनाएको मनाङले दोस्रो हाफमा पनि गोल गर्ने धेरै अवसर गुमाएको थियो। एनआरटीले भने पहिलो हाफको तुलनामा दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरे पनि गोल गर्न सकेन।

खेलमा मनाङका अञ्जनले म्यान अफ दि म्याच घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरे। जितसँगै मनाङ दुई खेलबाट ६ अङ्क जोड्दै अङ्कतालीकाको शीर्ष स्थानमा छ। समान खेलबाट एनआरटीको एक अङ्क छ।

मनाङले पहिलो खेलमा ब्रिगेड ब्वाइजलाई ३–१ ले हराएको थियो। एनआरटीले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग २–२ गोलको बराबरी खेलेको थियो। सोही मैदानमा दोस्रो खेल त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लबबीच प्रतिपष्र्धा जारी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.