|

बैतडी : सुदूरपश्चिम प्रदेश प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले सुदूरपश्चिममा थुप्रै सम्भावना रहेकोले यो प्रदेश समृद्ध बन्ने बताएकी छन्। शनिबार नेपाल पत्रकार महासंघ बैतडी र नेपाल पर्यटन पत्रकार महासंघ बैतडीको आयोजनामा पत्रकारहरूका लागि भएको एकदिने अभिमुखीकरण कार्यक्रममा बोल्दै मन्त्री भट्टले सुदूरपश्चिम थुप्रै धार्मिक पर्यटनको सम्भावना रहेको क्षेत्र भएको बताइन्। 

सुदूरपश्चिम प्रदेशमा रहेको धार्मिक पर्यटकीय क्षेत्रको विकासका लागि सबैले सहयोग गरेमा यो प्रदेश समुन्नत बन्नेमा उनको जोड रहेको छ। यो प्रदेशमा भएको पर्यटकीय सम्भवानाको बारेमा मिडिया क्षेत्रले पनि प्रचार-प्रसारमा ल्याउनुपर्ने उनले बताइन्। मन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा रहेका सम्भावनाहरू सम्मको पहुँच पुर्‍याउन सके मात्रै यो क्षेत्रको विकास हुनेमा जोड दिइन्। प्रदेश सरकारले समृद्ध प्रदेश बनाउनका लागि योजना बनाइसकेकाले सरकारका योजना सफल पार्न सबैले सहयोग गर्नुपर्ने उनले बताइन्। 

कार्यक्रममा बोल्दै बैतडीका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले यो जिल्ला धार्मिक पर्यटनको हिसाबले महत्वपूर्ण जिल्ला भएकाले स्थानीय स्तरबाट गर्नुपर्ने पहलका लागि आफू सदैव तयार रहेको बताए। यस्तै नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका कोषाध्यक्ष नरेन्द्र भट्टले पर्यटकीय सम्भावनाको उजागर गर्नका लागि पत्रकारहरुको कलम लाग्ने बताए। बैतडीमा भएका पर्यटकीय क्षेत्रको विकास र प्रचारप्रसारका लागि पर्यटकीय क्षेत्रहरुको रणनीतिक योजना बनाउनुपर्ने पत्रकारले सुझाव दिएका छन्।

जिल्लामा भएका धार्मिक पर्यटकीय स्थलको प्रचार-प्रसार र विकासका लागि संघीय, प्रदेश र स्थानीय सरकारले ध्यान दिनुपर्नेमा उनीहरूले जोड दिएका छन्।यसैबीच उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले नेपाल पर्यटन पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष अमरराज भट्टराई र नेपाल पर्यटन पत्रकार महासंघ बैतडीका नवनिर्वाचित अध्यक्ष महेशप्रसाद अवस्थीलाई सम्मान गरेका थिए।

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.