|

ललितपुर : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अझै बस्न सकेको छैन। संस्थापन समूह र संस्थापनइतर समूह बीचको विवादका कारण कांग्रेस केन्दीय समिति बस्न नसकेको हो।

संस्थापनइतर समूहका नेताहरू वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौला र अर्जुन नरसिंह केसीबीच केन्द्रीय समिति बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा साझा धारणा निस्किन नक्दा बैठक बस्न नसकेको हो। तर सभापति शेरबहादुर देउवा भने केन्द्रीय समिति बैठक बस्ने कक्षमा करिब एक घण्टादेखि संस्थापनइतर समूहको प्रतीक्षा गरिरहेका छन्।

संस्थापनइतर समूह भने पार्टी कार्यालयस्थित वरिष्ठ नेता पौडेलको कार्यकक्षमा कोठे बैठकमा छन्। आइतबारबाट म्याद सिकिँदै गरेको नेपाल विद्यार्थी संघका बारेका के गर्ने भन्न विषयमा साझा धारणा निस्कन नसक्दा सात घण्टादेखि संस्थापनइतर समूह कोठे बैठकमा व्यस्त छ। विघटन उन्मुख नेविसंघको तदर्थ समिति गठन गर्ने की वर्तमान कार्यसमितिलाई नै महाधिवेसनसम्मका लागि निरन्तरता दिने भन्ने विषयमा इतर समूहमा विवाद छ।

वरिष्ठ नेता पौडेल भने वर्तमान नेविसंघमा कमजोर रहेका कारण तदर्थ समिति गठन गर्ने पक्षमा छन्। त्यसका लागि पौडेलले सभापति देउवासँग तदर्थ समितिको प्रस्ताव पनि राखेको स्रोतले बतायो। तर नेता सिटौला महामन्त्री डा कोइरला र नेता केसी यसको पक्षमा छैनन्। उनीहरूले यही कार्यसमितिलाई महाधिवेशनसम्मका लागि निरन्तरता दिने पक्षमा छन्। यस विषयमा पौडेल पनि केही लचक देखिन्छन्। पछिल्लो समय सभापति देउवाविरुद्धमा एकजुटता नटुटोस् भन्नका लागि उनी केही लचक देखिएको स्रोतको भनाइ छ।

अहिले संस्थापन समूह र इतर समूहको मध्यस्त कर्ताको रूपमा पार्टी महामन्त्री पूर्णबहादुर खड्का र नेता मिनेन्द्र रिजालले गरिरहेका छन्। उनीहरूले संस्थापनको विचारलाई इतर समूहमा र इतर समूहका कुरा संस्थापन समूहलाई पुर्‌याउने काम गरिरहेका छन्।

यसअघि केन्द्रीय समिति बैठक शुरु हुने समय दिउँसो दुई बजेदेखि बेलुका करिब ६ बजेसम्म केन्द्रीय कार्यालय अगाडि नेविसंघका कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो। उनीहरूले सभापति देउवालाई पार्टी कार्यालयमा प्रवेश गर्न करिब ७ मिनेट जति रोक लगाएका पनि थिए। अरू नेताहरू पनि पार्टीक कार्यालय प्रवेश गर्दा पनि उनीहरूले विरोध जनाएका थिए। पौडेले समूहका नेवि संघका नेताहरूले भने पौडेल प्रवेश गर्दा उनको पक्षमा नारा लगाएका थिए।

सम्बन्धित समाचार 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.