|

पोखरा : भारत सरकारको आर्थिक सहयोगमा कास्कीमा तीनवटा शैक्षिक संस्थाको निर्माण गरिएको छ। भारत सरकारको आर्थिक सहयोगमा लेखनाथ नगरपालिकास्थित श्री सरस्वती टीका उच्च माध्यमिक विद्यालय, श्री लक्ष्मी आदर्श बहुमखी क्याम्पस र श्री गुप्तेश्वर महादेब बहुमुखी क्याम्पसको निर्माण गरिएको हो।

सरस्वती टीका उच्च माध्यमिक विद्यालयको एक कार्यक्रमका बीच शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरेका छन्। उक्त कार्यक्रममा भारतीय दूतावासका मिसन उपप्रमुख डा अजयकुमारको समेत उपस्थिति थियो। त्यस्तै लक्ष्मी आदर्श बहुमुखी क्याम्पस र गुप्तेश्वर महादेव महुमुखी क्याम्पसको पनि शनिबार नै उद्घाटन भएको छ।

सरस्वती टीका उच्च माध्यमिक विद्यालय ३७.१० लाख नेपाली रुपैयाँ बराबरको भारतीय  सहयोगमा निर्माण गरिएको हो। राष्ट्रिय परीक्षा बोर्डसँग आबद्ध उक्त विद्यालयले १० जोड दुई तहका विभिन्न कार्यक्रम प्रदान गर्दै आएको छ।

त्यस्तै ४८.४० लाख रूपैयाँको सहयोगमा लक्ष्मी आदर्श बहुमुखी क्याम्पस निर्माण गरिएको हो। त्रिभुवन विश्वविद्यालयसँग आबद्ध रहेको उक्त क्याम्पसले शिक्षा संकायमा स्नातक तहसम्म चार वर्षे पूर्णकालीन कार्यक्रम एवं १० जोर दुई तहमा व्यवस्थापन, शिक्षा र मानविकी संकायको अध्ययपन गर्दै आएको छ।

भारत सरकारको ४१.१० लाख रुपैयाँको सहयोगमा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको निर्माण भएको हो। त्रिभुवन विश्वविद्यालयसँग आबद्ध रहेर उक्त क्याम्सले बिएड, बिबिएस र एमबिएस संकायका कक्षा सञ्चालन गर्ने बताइएको छ। सन् २०१८को शैक्षिक सत्रदेखि उक्त क्याम्पसले बिएचएम र बिआइएम संकायमा पनि अध्यापन शुरु गर्ने क्याम्पस प्रशानसनले जनाएको छ। उक्त क्याम्पसमा ४१८ जना विद्यार्थी अध्ययनरत छन् जसमध्ये ८० प्रतिशत छात्रा रहेका छन्।

नवनिर्मित संरचना सभा हल, कम्प्युटर ल्याब, पुस्तकालयलगायतबा विद्यार्थीका लागि अध्ययन  गर्ने वातावरणलाई थप ऊर्जाशील बनाउनुका साथै कास्की, स्याङ्जा, पर्वत, म्याग्दी र तनहुँ जिल्लाका थुप्रै विद्यार्थीका लागि शिक्षाको पहुँच पनि सुनिश्चित हुने विश्वास लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.