|

जाजरकोट : छ महिनापछि गृह जिल्ला जाजरकोट पुगेका वन तथा बातावरण मन्त्री शक्तिबहादुर बस्नेतलाई नागरिकले गुनासो सुनाए। जिल्लामा ध्यान नदिएको भनी गुनासो बढिरहेको बेला मन्त्री बस्नेत गाउँ पुगेका हुन्। चुनाव जितेर शुभकामना बाढ्न  पश्चिम जाजरकोट पुगेका मन्त्री बस्नेत त्यसपछि मन्त्री भएपछि मात्र पुनः फर्किएका हुन्।

विकास निर्माणको अनुगमन र कार्यकर्ताको माग सुन्न उनी गाउँ पुगेको मन्त्री बस्नेतकाका स्वकीय सचिव अरुण वस्नेतले बताए। कम्तीमा महिनामा एक पटक जिल्ला आउन शुभचिन्तकले सल्लाह दिए पनि समयको चाप भन्दै जिल्ला आएका थिएनन्। लामो समयपछि गाउँमा आउँदा कार्यक्रताको मागैमागले मन्त्री हैरान भएको उनी निकट स्रोतले बताएको छ।

१५ महिनाभित्र निर्माण हुने भनिएको शिवालय गाउँपालिकाभित्रको मोर्कखोला पुल पाँच वर्षसम्म निर्माण नहुुनु, भेरी नगरपालिकाको पासागाडमा पुल अलपत्र, मध्यपहाडी लोकमार्गअन्तर्गत कुदुको पुल निर्माणमा ढिलाइ, खलंगा–पाँचकाटीया सडकमा ट्याक खुल्याको आठ वर्षसम्म यातायातका साधन चल्न नसक्नु, खलंगादेखि तल्लुसम्म पिचको काम अलपत्र पर्नु लगायतका समस्या नागरिकले मन्त्रीसँग राखेका थिए।

जाजरकोटका पाँच वटा स्थानीय तहमा नेकपाले जितेको छ भने बाँकी दुई ठाउँमा नेपाली कांग्रेसको जित भएको छ। जिल्लामा विकासले गति नलिएको भन्दै तीव्र असुन्तुष्टि बढेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.