|
प्रतीकात्मक तस्विर

चिप्लेढुंगा : पोखरामा पर्यटनमा साहसिक खेल 'एयर बेलुन' पनि थपिएको छ। साहसिक खेलको रूपमा समेत प्रसिद्ध पाएको पोखरामा प्याराग्लाइडिङदेखि बञ्जी जम्प, जिप फ्लायर, क्यानोनिङलगायत अब हट बेलुन उडानबाट पर्यटकले पोखराको सुन्दरता दृश्यावलोकन गर्न पाउने भएका छन्। 

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शनिबार यसको उद्घाटन गरेका हुन्। प्रदेश सरकारले सन् २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको भन्दै उनले जनसङ्ख्याको हाराहारीमा पर्यटक भित्र्याउने प्रदेश सरकारको लक्ष्य रहेको बताए। हट एयर बेलुन उडाउन प्रालिले एक करोड ५० लाख रुपैयाँमा इटलीबाट यो बेलुन मगाएको बेलुन प्रालि नेपालका प्रबन्ध निर्देशक प्रवीण महर्जनले जानकारी दिए।

बेलुन चढ्न नेपाली पर्यटकले रु ११ हजार र विदेशी पर्यटकले १६० डलर तिर्नुपर्नेछ। सानो बेलुनमा छ जना र ठूलो बेलुनमा आठ जनासम्म उडाउन सक्ने यसको क्षमता छ । बेलुन चढ्ने प्रत्येक यात्रुको २० हजार डलरको बीमा गरिएको छ। 

निकट भविष्यमा ‘हट एयर’ बेलुनबाटै स्काइडाइभ, बञ्जीजम्प र हट एयर बेलुनसँग सम्बन्धित अन्य साहसिक कार्यक्रम गर्दै जाने र त्यसको सम्भाव्यता अध्ययन भइरहेको महर्जनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.