|

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प डढेलोले विनास गरेको क्यालिफोर्नियाको अवलोकन गर्न पुगेका छन्। ‘क्याम्प फायर’ नाम दिइएको डढेलोका कारण अमेरिकको क्यालिफोर्नियामा अहिलेसम्म ७१ जनाको मृत्यु भएको छ भने एक हजारभन्दा बढी मानिस हराइरहेका छन्।

मृतकको संख्या अझै बढ्न सक्ने अमेरिकी अधिकारीले जनाएका छन्। डढेलो प्रभावित क्षेत्रको अवलोकनपछि राष्ट्रपति ट्रम्पले प्याराडाइज नगरमा सम्बोधन गर्दै डढेलोको गरेको विनासको दृश्य देख्दा आफूलाई दुःख लागेको बताए। उनले जंगलको कमजोर व्यवस्थापनका कारण विपद् निम्तिएको दाबी पनि गरे।

जंगलको व्यवस्थापनमा सुधार गर्न वातावरण संरक्षणवादी समूहहरूसँग मिलेर काम गर्नुपर्ने बताए। राष्ट्रपति ट्रम्पले डढेलो नियन्त्रणमा खटिएका र हराएकाहरुको खोजीमा सक्रिय रहेकाहरुको कामको प्रशंसासमेत गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.