|

काठमाडौं : नर्भिक इन्टरनेशनल हस्पिटल स्वास्थ्य व्यवसायमा गरेको कामलाई सम्ममान गर्दै एक अन्तर्राष्ट्रिय संस्थाले सम्मान गरेको छ।  संयुक्त राज्य अमेरिकास्थित टेक्सास शहरमा अवस्थित अमेरिकाको चेम्बर अफ कमर्शको एक निकायले दि बिज सम्मान दिएको हो। उपप्रधान, तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले उक्त सम्मान नर्भिकककी प्रबन्ध निर्देशक मेघा चौधरी दिएका थिए।

नर्भिकलाई वर्ल्‍डकबका विदेश मामिला निर्देशक निकोलस कफारोलेसमेत प्रदान गरे। दि  वर्ल्‍डकबले दि बिज नामक उक्त सम्मान पाँचै महादेशका उत्कृष्ट व्यवसायिक संघ संस्था तथा व्यक्तित्वहरुलाई एकत्रित पार्ने, विश्व सञ्जालसँग आवद्ध बनाउने, सम्मानित गर्ने गर्छ।

 सन् २००४ मा अमेरिकाको टेक्सासमा स्थापित दि वल्र्डकबको मुख्य उद्देश्य नै बिश्वव्यापी रुपमा मूल्य र मान्यतामा आधारीत व्यवसायहरुको प्रवर्द्धन गर्नु, तिनको पहिचान, सम्मान एवम् अगुवा व्यवसाय तथा व्यवसायिक व्यक्तित्वहरुको साख अभिवृद्विमा सहयोग पुर्‍याउनु  रहेको जनाएको छ।  विश्वका १२० भन्दा बढी राष्ट्रहरुमा दि वल्र्डकबका ३,००० भन्दा बढी सदस्य प्रतिष्ठान्हरुको सञ्जाल रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.