काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आइतबार दुई खेल हुँदैछन्। एन्फा टेक्निकल मैदानमा आइतबार बिहान ११ बजे हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र मच्छिन्द्र क्लब भिड्दै छन्।
लिगको पहिलो खेलमा जित हात पार्दै नेपाल पुलिस क्लबले तीन अंक जोडेको थियो भने मच्छिन्द्रले बराबरी खेल्दै अंक बाँडेको थियो।
त्यस्तै, दिउँसो साढे २ मा हुने थ्रीस्टार र ब्रिगेड ब्वाइज क्लब भिड्दै छन्। थ्रीटारले पनि पहिलो खेलमा जित हात पारेको थियो। ब्रिगेड ब्वइज भने पहिलो खेलमा मानाङ मर्स्याङदीसँग ३–१ गोल अन्तरले पराजित भएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।