|

लहान : सिरहाको सीमावर्ती माडर खैरटोकामा भारतीय जिपको ठक्करले ६० वर्षीया वृद्धाको मृत्यु भएकोछ।

सिरहा नगरपालिका १७ खैरटोकामा विआर ०७ पिए ९२८० नम्बरको जिपको ठक्करबाट गम्भिर घाइते भएकी पैदलयात्री स्थानीय ६० वर्षीया जमुदा खातुनको उपचारको क्रममा शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जिपको ठक्करले गम्भिर घाइते भएकी खातुनलाई तत्काल उपचारार्थ सिरहा जिल्ला अस्पतालमा भर्ना गरिएको भएपनि उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले जिप र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।
 

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.