|

जनकपुरधाम : तराई मधेश क्षेत्रसहित मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामाचकेवा पर्व विधिवत् रूपमा मनाइँदैछ। कार्तिक पञ्चमीदेखि सुरु भई १० दिनसम्म चल्छ भने ११अौँ दिन पूर्णिमामा राति सामाचकेवाको विसर्जन गरी यो पर्वको समापन हुन्छ।

१० दिनसम्म मिथिलाञ्चलकी दिदीबहिनी, छोरीबुहारी तथा महिलाले आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै सामाचकेवा खेल्छन्। तराई मधेशका दिदीबहिनीले समूहमा गीत गाउँदै गाउँको खेत तथा भिरमा गएर सामाचकेवा बनाउनका लागि दाजुभाइको हातबाट माटो खनेर ल्याएर  गिलो पारी विभिन्न प्रकारका कलात्मक सामाचकेवा बनाउँछन्।

बेलुकासम्म सामाचकेवा सुकिसकेपछि त्यसमा विभिन्न प्रकारका रङ भरेर सामा चकेवा रंगीचंगी बनाउँछन्। रंगिसकेको सामाचकेवा रातिको बेला रातो रङको बाँसको डालामा राखेर दियोबाली गाउँका प्रत्येक चोक, चौबाटो, दोबाटो, चौबाटो, सार्वजनिक स्कुल, धर्मशाला, मन्दिर र छठ घाटमा लगेर १० दिनसम्म गीत, नाच गर्दै चेलिबेटीले सामाचकेवा खेल्ने परम्परा रहेको संस्कृतिविद् डा. रामभरोष कापडी बताउँछन्।

समूहगत रूपमा चेलिबेटी तथा छोरीबुहारी 'गामके अधिकारी तोहे बरका भैया हो, भैया हातदश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइदिय, सामचको सामचको ऐहा हो, ऐहा हो, गुँढ खेतमे भसिया हो, लगायतका गीत गाएर सामा चकेवा खेल्ने तथा समूहमै सबैले सबैको दाजुभाइको दीर्घायुको कामना गर्छन्। सामाचकेवा खेल्न महिलाहरू छठ घाटमै भएर समेत सामाचकेवा खेल्छन्। छठ समाप्तिपश्चात् उनीहरू गाउँको चौबाटोमा सामूहिक भेला हुने स्थान र प्रत्येकको घरघरमा गएर समेत समाचकेवा खेल्ने गर्छन्।

मिथिलाञ्चलको मैथिली संस्कृतिअन्तर्गत चेलिबेटीहरू हरेक वर्ष मनाउने लोकपर्व ‘सामा–चकेवा’ तराई–मधेसमा नौ सम्म मनाइन्छ। परम्पराअनुसार दिदी बहिनीहरूले गीत गाइसकेपछि सामाचकेवा र सात भाईलाई धर्तीमा भसाएर चुगला र वृदावनलाई पूर्ण रूपमा जलाई खेतमा गाडी दाजु–भाइलाई मिठो परिकार खुवाई सम्पन्न हुने जनकपुरधामकीसुनिता सिंह बताउँछिन्।

खासगरी तराई क्षेत्रका ग्रमीण चेलीबेटीहरुले हर्षोल्लासका साथ मनाउने पौराणिक लोकपर्व ‘सामा–चकेवा’लाई मिथिलाञ्चलका चेलिबेटीले महापर्वको रूपमा लिन्छन्। सामाचकेवा बहिनी र भाइको आपसी प्रेम, स्नेह र सदभावमा आधारित पर्व हो।  हरेक वर्ष छठपर्वको एक दिन पहिले देखि कार्तिक शुक्ल पूर्णिमासम्म नियमित रूपमा नौ दिन दाजुभाइ हुने वा नहुने दिदी बहिनीहरुले आफ्ना दाजुभाइको लामो आयु, सु–स्वास्थ्य र प्रगतिको कामना गर्दै यो पर्व मनाउने चलन छ।

यो पर्वको मर्म भनेकै दाजुभाइसँग दिदीबहिनीले प्रेम, स्नेह र सद्भाव साटासाट गर्नु हो। सामाचकेवा तराईवासीका लागि अन्य क्षेत्रका मानिसको भाइटीका जस्तै पर्व भएको जनकपुरधाम उप–महानगरपालिकाकी १४ की मिनाक्षी मिश्र बताउँछिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.