|

काठमाडौं :  कवि बद्री भिखारीको नयाँ कविता संग्रह समुद्र साउती गृह जिल्ला इटहरीमा होमलन्च भएको छ।  गत असार २९ गते भानुजयन्तीका दिन कवि  भिखारीको ‘समुद्र साउती’ कविता संग्रह राजधानीमा विमोचित भएको थियो।

इटहरीस्थित कोशी  सेन्ट जेम्स कलेजको सेमिनार हलमा भएको होमलन्च कार्यक्रममा कवि भिखारीका नयाँ तथा पुराना  कविताहरु विभिन्न  कविहरूले वाचन गरेर सुनाएका थिए। आफ्ना कविता आफ्ना समकालिन तथा अग्रज स्रष्टाले वाचन गरिरहँदा आफूमा छुट्टै उर्जा मिलेको कवि भिखारीले थाहाखबरसगँ बताए। आफ्नो कृति होम लन्च हुदाँ व्यक्त गर्न नसकिने खुशी मिलेको धारणा उनले व्यक्त गरे।

 उक्त कार्यक्रममा विभिन्न साहित्यकारहरु तथा विभिन्न क्षेत्रका  व्यक्तित्वहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कवि भिखारीको समुद्र साउतीका साथै लेखकीय पक्षको बारेमा  चर्चा समेत गरिएको थियो।  कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेती , कवि मनु मञ्जील, प्रा.डा टंक न्यौपाने ,  कवयत्री टिका आत्रेय  लगायतको सहभागिता रहेको थियो।

कृति शिखा बुक्सले प्रकाशन गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.