|

बैतडी : जिल्ला प्रसासन कार्यालय बैतडीले अनुमती लिएर मात्रै सिसिटिभी क्यामेरा जडान गर्न अनुरोध गरेको छ। यसका साथै यसअघि अनुमती नलिएर सिसिटिभी जडान गरेकाहरूलाई ३५ दिने अल्टिमेटम  दिइएको सहायक प्रमुख जिल्ला अधिकारी सुरेश घिमिरेले जानकारी दिए।

अपराध अनुसन्धान र नियन्त्रण गर्न विद्युतीय उपकरणको प्रभावकारी बढाउने प्रयोजनका लागि सिसिटिभी क्यामेरा प्रयोगलाई प्रोत्साहन गर्न उद्देश्यले जडान तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०७२ स्वीकृत लिई मात्रै जडान गर्नुपर्ने भएकोले यस्तो आग्रह गरिएको हो।

सिसिटिभी जडान तथा कार्यविधि, २०७२ अनुसार सार्वजनिक निकायहरूले गृह मन्त्रालयमा प्रयोजन खुलाई व्यापारिक केन्द्र, निजी प्रयोगकर्ताले पनि जिल्ला प्रसासनबाट अनुमती लिनुपर्ने जनाएको छ। बैतडीमा अधिकांसले अनुमतीबिना नै सिसिटिभी जडान गरेकोले स्थानीय प्रशासनले यस्तो आग्रह गरेको हो।

उक्त कार्यविधिअनुसार सिसिटिभी जडान गर्न अनिवार्य अनुमती लिनुपर्ने तथा खिचिएका श्रव्यदृष्य तथा अन्य विद्युतीय चित्र कम्तीमा पनि ३ महिनासम्म सुरक्षित राख्नुपर्ने व्यवस्था रहेको छ।

सिसिटिभी जडान तथा कार्यविधि, २०७२ विपरीत सिसिटिभी जडान एवं सञ्चालन भए गरेको  पाइएमा विद्युतीय (इलेक्ट्रोनिक)कारोवार ऐन, २०६३ बमोजिम कारवाही हुने चेतावनी दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.