काठमाडौं : एटीएम कार्डबाट डाटा र पिन नम्बर चोरी गरी अवैध रुपमा रकम निकाल्ने तीन जना रोमानियन नागरिक पक्राउ परेपछि नेपालका बैंक खातामा रहेको रकम एटीएम बुथबाट हराउने खतरा देखिएको छ।
कात्तिक दोश्रो हप्ता प्रहरीले एटीएम कार्डबाट पिन नम्बर र डाटा चोरी गरेर अरुको बैंक खाताको रकम निकाल्ने एक बुल्गेरियन नगरिकलाई पक्राउ गरेको थियो भने आइतबार तीन जना रोमानियन नागरिक पक्राउ गर्यो।
लगातार रुपमा यसरी एटीएमबाट विदेशीले नेपाली नागरीकको रकम चोरी हुन थालेपछि प्रहरीले सबै एटीएम प्रयोगकर्तालाई सचेत हुन आग्रह गरेको छ। पहिला विदेशी नागरिकको एटीएमबाट चोरी हुने गरेको थियो तर अहिले नेपाली नागरिककै रकम चोरी हुन थालेपछि यो समस्या जटिल बन्दै गएको ब्युरोका निर्देशक डिआइजी नवराज सिलवालले बताए।
‘यो समस्या जटिल खालको निस्किएको छ, त्यसैले अब एटीएम प्रयोगकर्ताहरुले सचेत हुनुपर्ने अवस्था आएको छ’, डिआइजी सिलवालले भने ‘एटीएम प्रयोगकर्ताले रकम चोरिनबाट जोगिनको लागि २४ घण्टामा एकचोटी पिनकोड फेर्नको लागि आग्रह गर्दछु।’
उनले हाम्रो बैंकका ग्राहकहरुको डाटा र पिन नम्बर लिएर इस्ट युरोपियन मुलुकका मानिसहरुले रकम चोरी गरिरहेकोले उनले जानकारी दिए। उनका अनुसार एटीएम कार्डको डाटा र पिन नम्बर चोरिनबाट कसरी बच्ने त?
कसरी बच्ने एटीएमबाट पैसा चोरिनबाट बच्ने?
यो पनि गर्नुहोला
एटीएम कार्डबाट डाटा र पिन नम्बर चोरी भई जुनसुकै बेला तपाईको पैसा चोरिन सक्छ, त्यसैले आफू सुरक्षित हुन यी उपायहरु अपनाउनुहोस्। कुनै शंका लागेमा नजिकको प्रहरी चौकीमा वा सम्बन्धित बैंकमा खबर गर्नका लागि प्रहरीले आग्रह गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।