|

काठमाडौं : मुङको दाल स्वाथ्यको दृष्टिकोणले धेरै महत्त्वपूर्ण छ। मुङको दालमा प्रशस्त मात्रामा भिटामिन तथा खनिज प्रदार्थ पाइन्छ। मुङको दालमा  भिटामिन ए, बी, सी, ईका साथै पोटासियम, आइरन, क्याल्सियम प्रशस्त पाइन्छ। यसले गर्दा नियमित मुङको दाल सेवन गर्नाले हाम्रो शरीरलाई आवश्यक क्यालोरी प्रचुर मात्रामा पाइन्छ।

दैनिक रूपमा अंकुरित मुङको दाल खानाले शरीरमा ३० क्यालोरी तथा एक ग्राम फ्याट पाइने गर्छ।अंकुरित मुङको दालमा म्याग्नेसियम, कपर, फोलेट, राइबोफ्लेविन, भिटामिन सी, फाइबर, पोटासियम, फोस्फोरस, म्याग्नेसियम, आइरन, भिटामिन बी-६, नियासिन, थायमिनका साथै प्रोटिन पाइन्छ।

टुसायुक्त मुङको दालमा ग्लुकोजको मात्रा कम हुने भएकाले मधुमेहका बिरामीलाई नियमित मुङको दाल सेवन गर्नु फाइदाजनक मानिन्छ। मुङको दालमा हुने भिटामिनहरूको कारणले गर्दा नियमित रूपमा सेवन गरेमा शरीरमा रोगसँग लड्ने क्षमताको विकास गराउँछ।  

मुङको दालको नियमित सेवनले शरीरमा भएका विषाक्त तत्त्वहरूलाई बाहिर निकाल्न सहयोग गर्ने हुँदा शरीरमा अनावश्यक संक्रमण हुनबाट बचाउँछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.