|
प्रतीकात्मक तस्वीर

बाँके : बाँकेमा शनिबार राति एक जना मृत फेला परेका छन्। नेपालगन्ज उपमहानगरपालिका–१३, उदयपुरस्थित पोल्ट्री फार्ममा कार्यरत सुर्खेत चिसापानीका ३० वर्षीय सागर चन्द राति ८ बजे मृत फेला परेका हुन्।

मृत फेला परेका चन्दको हत्या भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ। धारिलो हतियार प्रहार गरी चन्दको हत्या भएको आशंका गरिएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक नारायण डाँगीले बताए।

मादक पदार्थ सेवन गरी साइकलमा हिँडेका चन्दलाई सडक दुर्घटनामा परेको भन्दै उपचारका लागि आफन्तले भेरी अञ्चल अस्पताल ल्याएका थिए। उनलाई अस्पताल ल्याएलगत्तै चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ।

चन्द सडक दुर्घटनामा घाइते भएको आफन्तले बताएका छन्। तर, उनको शरीरमा धारिलो हतियार प्रहार भएको देखिएकोले हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको प्रहरी निरीक्षक डाँगीले बताए।

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.