|

भक्तपुर : चाँगुनारायण नगरपालिकाले हरिबोधनी एकादशी अवसर पारेर सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्रका सरकारी कार्यालय, स्वास्थ्य संस्थाहरू, सहकारी, शैक्षिक संस्थालगायतलाई सार्वजनिक बिदाको निर्णय गरेको चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए।

विश्व सम्पदा सूचिमा सूचिकृत चाँगुनारायण मन्दिर चार नारायणमध्येको जेठो नारायण भएको र हरिबोधनी एकादशीमा चाँगुनारायण मन्दिरमा ठूलो मेला लाग्ने भएकाले नपाले सार्वजनिक बिदा दिएको नगर प्रमुख मिश्रले बताए। ‘चाँगुनारायण मन्दिरमा एकादशीको दिन हजारौँ भक्तजनको भीड लाग्ने गर्दछ। यो चार नारायणहरूमध्ये सबैभन्दा जेठो नारायण हो। यसको ठूलो महत्व छ। त्यसैले नपाले हरिबोधनी एकादशीको अवसर पारेर सार्जजनिक बिदाको घोषणा गरेको हो।’ उनले भने।

एकादशीलाई मध्यनजर गर्दै आइतबार नगर प्रमुख मिश्रको नेतृत्वमा प्रदेशसभा सदस्य सरस्वती बाटीलगायतले मन्दिर परिसरको अनुगमन गरेको छ। एकादशीको दिन ठूलो संख्यामा भक्तजनको आवागमन हुने भएकाले उक्त स्थानको सरसफाई, मोटर पार्किङ, भक्तजनहरूका लागि आवश्यक स्वास्थ्य सेवा एवं सहज दर्शनका लागि भइरहेको कार्यको अनुगमन गरेको नपा प्रमुख मिश्रले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.