|

बारा : बाराको कलैयामा मोटरसाइकलको ठक्करबाट आइतबार एक बृद्धाको मृत्यु भएको छ। कलैया उपमहानगरपालिका २७ मा बिहान ५ बजे ७० वर्षीया धुरपतीदेवी यादवको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ।

शौच गर्नका लागि निस्केकी  धुरपतिलाई ना ९२ प ९०८६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिए। ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता राठौरले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.