|

काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको आइतबारबाट म्याद सकिँदै छ। आगामी महाधिवेशनसम्म यसै कार्यसमितिलाई नै निरन्तरता दिने वा तदर्थ समिति गठन गरेर जाने भन्ने विषयमा निर्णय गर्न नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै छ। आइतबार २ बजेबाट बस्ने भनिएको बैठक नेताहरू आन्तरिक छलफलमा रहेकाले अझै सुरु हुन सकेको छैन।

नेविसंघको म्याद पार्टीले २ महिना मात्र थप्ने तयारी गरेको र यसरी दुई महिना मात्र थपिए अध्यक्ष नैनसिंह महरले राजीनामा दिने तयारी गरेको नेविसंघका सहमहामन्त्री तथा प्रवक्ता प्रेमराज जोसीले थाहाखबरलाई जानकारी दिए। प्रवक्ता जोसीका अनुसार दुई महिनामा नेविसंघको महाधिवेशन सम्पन्न गर्न सम्भावना नरहेको भन्दै राजीनामा दिने तयारी गरेका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.