|

ललितपुर : नेपाल कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघका विषयमा सहमति जुटाउन नै मुस्किल भएका छ। पार्टी मुख्यालय सानेपामा आइतबार दिउँसो दुई बजेबाट बस्ने भनिएको बैठक सहमित नजुट्दा बेलुकी ६ बजेसम्म पनि बस्न सकेको छैन। आइतबार मध्यरातमा म्याद सकिदै गरेको नेविसंघको विषयमा सहममति गर्न भनी बस्न लागिएको बैठकका लागि अन्तरिक सहमति जुटन् नसक्दा अनौल भएमा परेको हो।

बैठकका लागि उपस्थित भएका सभापति शेरबहादुर देउवा समूहका नेता तथा कार्यकर्ता सभापतिको कार्यकक्षमा र वरिष्ठ नेता रामचन्द्र पौडेलका पक्षका नेताहरू पौडेलका कार्यकक्षमा जम्मा भएर सहमति जुटाउने प्रयास गरिरहेको पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलले बताए। अहिले राम्रचन्द्रको कार्यकक्षमा वरिष्ठ नेता पौडेललगायत कृष्णप्रसाद सिटौला, अर्जुन नर्सिंह केसी छलफलमा व्यस्त रहेको छन्।

नेता पौडेलका अनुसार उनीहरू सहमति नजिक पुगे तर ठोष निष्कर्ष निस्कन नसकेको हो। सहमतिका लागि आइतबार बिहानै जुटेका नेता बेलुका ६ बजेसम्म सहसति नजिक पुगेका हुन्। लामो समयको छलफलपछि पहिलेकै समितिको कार्यकाल थप्ने विषयमा सहमति नजिक पुगेका हुन्। तर कति महिना थप्ने भन्ने विषयमा सहमति भइनसको नेता पौडेलले जानकारी दिए। उनका अनुसार केही नेताले दुई महिना बढाउने भनेका छन् भने केही नेताले छ महिना थप्ने तर्क गरेका छन्।

दुई महिना थप्दा महाधिवेशन गराउन नसकिने भन्दै नेविसंघका अध्यक्ष नैनसिंह महरले राजीनामा दिने चेतावनी दिएपछि भने नेताहरू अप्ठ्यारोमा परेका छन्। यदि यही समितिलाई निरन्तरता नदिई तदर्थ समिति गठन गर्ने हो भने पार्टी केन्द्रीय समितिले पारित गरेको ३२ वर्षीय उमेद हद लगाउँनै पर्ने नेवि संघका महामन्त्री कुन्दराज काफ्ले बताए। तर यो विषयमा भने नेताहरू बीच मतभेद देखिएको छ।

पार्टी नेताहरूले उमेर हद १२औँ महाधिवशेनबाट लाग्ने निर्णय भएको भन्दै तदर्थ समितिमा नलाग्ने बताउँदै आएका छन्। यसअघि बसेको पार्टीद्वारा नेविसंघको महाधिवेशन समितिको बैठकले नेविसंघको ३२ वर्षीय उमेर हद लगाउँदै विधान पार्टी मुख्यालयलाई बुझाएको थियो। नेविसंघले उमेर हद हटाउने निर्णय गर्दे निर्देशक समितिलाई बुझाएको थियो तर निर्देशक समितिले उक्त विधानलाई परिमार्जन गर्दै पार्टी केन्द्रीय समितिलाई बुझाएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.