|

तनहुँ : मोटरसाइकल र जीप दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ। तनहुँको पुर्कोटका २७ वर्षीय रवि माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

मोटरसाइकल र जीपको ठक्करबाट घाइते भएका माझीको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। माझीको पूरा वतन समेत नखुलेको र शवको पोष्टमार्टम पछि उनका आफन्तले शव लैजाने अर्यालले बताए। 

डुम्रेतर्फ जाँदै गरेको ग १० प ११४४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट दमौलीतर्फ आउँदै गरेको ना २ च ४३४९ नम्बरको जीप एकापसमा ठोकिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

जीप र चालक तथा मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.