|

काठमाडौं : प्रसिद्ध लेखक डा कमलप्रकाश मल्लको ८३ वर्षको उमेरमा नशासम्बन्धी (पार्किङसन्स) रोगबाट अमेरिकाको एटलान्टामा शनिबार राति निधन भएको छ। उनी विगत १५ वर्षदेखि अमेरिकामै बस्दै आएका थिए।

अंग्रेजी विषयमा लामो अवधि प्राध्यापन रहेका मल्लले त्रिभुवन विश्वविद्यालय अंग्रेजी विभागको प्रमुखको जिम्मेवारी सम्हेका थिए। केही समय सोही विश्वविद्यालयको शिक्षाध्यक्षकोसमेत जिम्मेवारी सम्हेका लेखक मल्लका अंग्रेजी र नेपाल भाषाका दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन्।

इतिहासकार धनबज्र बज्राचार्य र उनले मिलेर गोपालराज वंशावली प्रकाशित गरेका थिए। नेवारी शब्दकोषको पनि लेखक मल्लले सम्पादन गरेका थिए। उनको चर्चित अंग्रेजी कृति ‘रोड टु नोहोयर’ हो। उनकी श्रीमती, एक छोरा र एक छोरी छन्। उनको अन्त्येष्टि मंगलबार अमेरिकामै हुने मल्लका भाइ मल्ल के सुन्दरले जानकारी दिए।

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.