|

‘आत्मा साक्षी राखी मन, बचन र कर्मले सेवा गरौं।’

लैनचौरस्थित समाज कल्याण परिषदको भवनमा लेखिएको यो नारा केही दिनमा मेटिनेछ। यो ३० वर्ष पुरानो भवनलाई उपराष्ट्रपतिको निवास र कार्यालय बनाइँदैछ। बहादुर भवनबाट उनलाई त्यहाँ सार्ने सरकारको तयारी छ।

परिषदका कर्मचारीले उठिबास लगाउन खोजिएको भन्दै विरोध जनाइरहेका छन्। ‘कर्मचारीलाई कहाँ लाने ? ४८ हजार दस्तावेज कहाँ लगेर राख्ने? सडकमा फाल्नु भएन,’ परिषद उपाध्यक्ष नीलमणि बरालले भने। हजारौं जनताको चन्दाबाट बनेको यो भवन अर्कै प्रयोजनमा प्रयोग गर्न दिन नहुने परिषदको धारणा छ।

मन्त्रिपरिषदले २९ रोपनी क्षेत्रफल ओगटेको परिषद कार्यालयमा उपराष्ट्रपति कार्यालय सार्ने निर्णय गरेको थियो भन्ने खबर कान्तिपुर दैनिकमा छ  मन्त्रालयले तीन दिनभित्र भृकुटीमण्डपमा कार्यालय व्यवस्थापन गर्न निर्देशन दिए पनि त्यहाँ जान कर्मचारी मानेका छैनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.