|
फाइल तस्बिर

काठमाडौं : कोरियाले रोजगार अनुमती प्रणाली मार्फत माग गर्ने नेपाली युवाको संख्या गत वर्षभन्दा बढाउने भएको छ। 

कोरियाका रोजगारदाताले नेपाली कामदार इमान्दार, मेहनती र अवैधानिक बस्नेको संख्या कम रहेको जनाउँदै माग बढाउँदै लगेको हो। कोरिया इपीएस मार्फत नेपाली कामदारको माग बढाउन थालेपछि नेपालले पनि रोजगार आवेदन दिएका थप चार हजार युवाको नाम कोरिया पठाएको खबर कारोबार दैनिकमा खबर छ।

कोरिया सरकारले आगामी वर्ष थप नेपाली युवाको माग गर्ने जनाउँदै आएको छ।  सन् २०१७ मा रोजगार आवेदन दिएका कामदारको संख्या घट्दै गएपछि २०१८ मा रोजगार आवेदन दिएका ८ हजार मध्ये लगभग ४ हजार मध्ये लगभग  ४ हजार युवाको नाम रोष्टकर (रोजगार योग्य सूची) मा राख्न कोरिया पठाएको हो। रोष्टरमा नाम पठाएकामध्ये केहि युवाको श्रम सम्झौता समेत आउन थालेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.