|

धनगढी : धनगढीको उत्तरबेहेडीमा शुक्रबार हत्या गरिएका विजय थापाका परिवारहरुले न्याय नपाउँदा सम्म शव नबुझ्ने अडानका राखेका छन्। प्रहरीको निकृयताले न्यान अपराधी पाउन ढिलाइ भइरको भन्दै पीडित परिवारले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्।

हत्या आरोपमा आशीष सेठी पक्राउ परेका छन्। प्रहरीले उनलाई घटना स्थलबाटै पक्राउ गरेको हो। सेठी पक्राउ परे पनि घटनाबारे प्रहरीले थप तथ्य सार्वजनिक गरेको छैन। प्रहरीको ढिलासुस्तीले न्याय पाउने विषयमा अन्योल रहेको मृतकका आमा सीता थापाले बताइन्। ‘न्यान नपाउँदासम्म शव उठाउँदैनौँ,’ सीताले प्रहरीलाई भनिन्, ‘मेरो छोराको घटना पनि निर्मला प्रकरण जस्तो बनाइन खोजिएको हो?’

प्रहरीलाई दवाव दिन पीडितले विजय थापा न्यायिक संघर्ष समिति गठन गरेका छन्। पीडितलाई न्याय र दोषीलाई कारबाहीका लागि संघर्ष समितिमार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको संघर्ष समितिका संयोजक प्रेमबहादुर धामीले बताए। ‘सोमबार र्‍यालीसहित जिल्ला प्रशासन कार्यालयमा भर्ना दिने र मंगलबार दिउँसो १२ बजेदेखि अनिश्चितकालीन कैलाली बन्द गर्ने निर्णय भएको छ’ संर्घष समितिका संयोजक धामीले भने ‘घटनालाई मोड्ने प्रयास भइरहेकाले आन्दोलन गर्नु परेको हो।’

धनगढी उपमहानगरपालिका–४ का आशीष सेठीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ। उनीमाथि म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनामा एक व्यक्ति मात्रै संलग्न नरहेको प्रहरीको अनुमान छ। ‘सबै ढंगबाट अनुसन्धान भइरहेको छ, सत्य तथ्य चाडै सार्वजनिक हुन्छ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक हरि वलीले दाबी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.