|

रोल्पा : जिल्ला प्रहरी कार्यालयले ९ किलो ३ सय ग्राम चरेससहित चरेस कारोबारमा संलग्न रहेकी एक महिलालाई पक्राउ गरेको छ। आइतबार पत्रकार सम्मेलन गरी पश्चिम रोल्पाको घर्तीगाउँबाट थबाङ गाउँपालिका २ बलाङजा बस्ने ५१ वर्षीया दिलकुमारी झाँक्री घर्तीलाई चरेससहित पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक दिपक खडकाले जानकारी दिए। 

इलाका कार्यालय घर्तीगाउँ रोल्पाका प्रहरी प्रमुख राजकुमार पहाडीको नेतृत्वको टोलीले कालो झोला भित्र खैरो आलुको बोरीमा लुकाएर दाङ घोराही तर्फ लैजानका गाडीमा राखिएको बेलामा रा १ ख ७४२ नम्बरको बसबाट उक्त चरेससहित महिलालाई पक्राउ गरिएको प्रनाउ खडकाले बताए। शुक्रबार माडी गाउँपालिकाको वडा नं २ घर्तीगाउँ चेकपोष्टमा प्रहरी निरिक्षक राज कुमार पहाडीको मोबाईल गस्ती टोलीले चेकजाँच गर्नेक्रममा  चरेस फेला पारेपछि आइतबार जिल्ला प्रहरी कार्यालय रोल्पामा चरेससहित महिलालाई अनुसन्धानका लागि ल्याईएको थियो।

अनुसन्धानका क्रममा महिला पहिले देखीनै चरेस कारोबारमा संलग्न रहेको खुल्न आएको प्रनाउ खडकाले बताए। महिलाका श्रीमान दाङमा बस्ने र श्रीमतीले पुर्‍याईदिएको चरेसलाई संकलन गरेर बिभिन्न स्थान सम्म पुर्‍र्याइ कारोबार गर्दै आएको खुल्न आएको समेत खड्काले जानकारी दिए।  

पत्रकार सम्मेलनमा प्रनाउ खडकाले लागुऔषध चरेस मुद्दामा २० दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको समेत बताए।  सोगाउँबाटअघिल्लो वर्ष करिव ५० किलो चरेससहित महिलाहरु नै पक्राउ परेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.