|

युइएफए नेसन्ल लिग फुटबल अन्तर्गत बेल्जियमले स्वीट्जरल्यान्डसँग खराब नतिजा ब्योहोरेको छ। शुरुवातमा २–० को अग्रता लिएर पनि बेल्जियमले स्वीट्जरल्यान्डसँग ५–२ को फराकिलो अन्तरले पराजित भयो। स्वीट्जरल्यान्डको जितमा हरिस सेफेरोभिचले ह्याट्रिक पूरा गर्दा रिकार्डो रोड्रिग्वेज र निको एल्भेडीले समान १ गोल गरे। बेल्जियमका थोर्गन हाजार्डले सुरुवातमानै टिमका लागि दुई गोल गरेका थिए।

घरेलु टोलीविरुद्ध बेल्जियमले थोर्गनको गोलबाट दोस्रो मिनेटमा नै अग्रता बनाएको थियो। १७ औं मिनेटमा थोर्गनकै गोलमा बेल्जियमले २–० को अग्रता बनाउँदै दबाब दिन सफल भयाे। २–० ले पछि परेपछि घरेलु टोलीले खेलमा आक्रामक बन्दै उत्कृष्ट पुनरागमन  गर्‍याे। रिकार्डोले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने सुरुवाती कोसिस गरेका थिए। ३१औं मिनेटमा हरिसले जेद्रान शाकिरीको पासमा गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए। ४४औं मिनेटमा हरिसले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेपछि स्वीट्जरल्यान्डले पहिलो हाफमा ३–२ को अग्रता लिन सफल भएको थियो।

६२औं मिनेटमा निकोले जेद्रानकै पासलाई सदुपयोग गरेपछि स्वीट्जरल्यान्डले खेलमा ४–२ को अग्रता बनायो। ८४औं मिनेटमा हरिसले ह्याट्रिक पुरा गर्दै स्वीट्जरल्यान्डलाई ५–२ को शानदार जित दिलाए। जितपछि स्वीट्जरल्यान्ड लिग ए को समूह २ बाट समूह विजेताको रुपमा नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। हारपछि बेल्जीयम अघिल्लोचरण प्रवेश गर्न असफल भयो। दुवै टोलीको ४ खेलबाट ९ अंक रहेको थियो। अंक जोड्न नसकेको आइसल्यान्ड रेलिगेसनमा परेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.