|

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अक्टुबर २ मा टर्कीस्थित साउदी अरबिया दूतावासमा हत्या गरिएका साउदी पत्रकार जमाल खसोग्गीको हत्या गरिएको श्रव्य सामग्री सुन्नै नसक्ने गरी दर्दानक रहेको बताएका छन्।

अमेरिकी समाचार संस्था ‘फक्स न्यूज’लाई दिएको अन्तवार्तामा ट्रम्पले खसोग्गीको हत्यामा दिइएको चरम यातनासम्बन्धी श्रव्य सामग्रीबारे आफूले जानकारी लिए पनि सुन्न  नसकेको बताए।

उक्त श्रव्य सामग्री कठोरताको पराकाष्ठाको प्रत्यक्ष प्रमाण भएकाले त्यसलाई मानवका नाताले आफूले सुन्नै नसकेको टिप्पणी गरे। श्रव्य सामग्रीमा भएका शब्दहरू निकै कठोर, हिंस्रक, क्रुर र भयंकर भएको उनको भनाइ छ। ती सामग्री आफूलाई सुनाउन खोजिए पनि अस्वीकार गरेको उनले बताए।

टर्की सरकारले पत्रकार खसोग्गी हत्याको अडियो टेप साउदी अरब, बेलायत, जर्मनीलगायतका देशलाई उपलब्ध गराएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.