|

हेटौंडा : आन्तरिक राजस्व कार्यालय हेटौँडाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्यभन्दा करिब आठ प्रतिशत बढी राजस्व संकलन गरेको छ।

चालु आर्थिक वर्ष ०७५/०७६ को पहिलो चौमासिकमा एकअर्ब २० करोड ८४ लाख ६९ हजार रुपैयाँ राजस्व संकलन लक्ष्य लिएको कार्यालयले एक अर्ब ३० करोड ८९ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गरेको हो। जुन लक्ष्यभन्दा आठ प्रतिशत अर्थात् १० करोड पाँच लाख १४ हजार बढी हो। कर तिर्नुपर्छ भन्ने भावनाको विकास व्यवसायीमा बढ्दै जानु, कर शिक्षा र सचेतना कार्यक्रम प्रभावकारी हुँदा लक्ष्यभन्दा बढी राजस्व संकलन भएको कार्यालयका प्रमुख सन्तबहादुर ढकालले जानकारी दिए।

राजस्वतर्फ सबैभन्दा बढी अन्तशुल्क र आयकर बढी संकलन भएको छ। आयकर लक्ष्यभन्दा आठ दशमलव ५८ प्रतिशत र अन्तशुल्क लक्ष्यभन्दा करिब ११ प्रतिशत बढी रहेको छ। चालुआर्थिक वर्षको चार महिनाको अवधिमा आयकर १९ करोड ६९ लाख ३७ हजार रुपैयाँ संकलन भएको हो। अन्तशुल्क ८५ करोड ३१ लाख ९६ हजार, भ्याट २० करोड ४४ लाख ८९ हजार, ब्‍याजकर एक करोड ४३ लाख ९९ हजार,  स्वास्थ्य सेवाकर तीनकरोड १७ लाख आठ हजार, घर बहालकर एक करोड ४३ लाख ९९ हजार तथा शिक्षा सेवा कर १३ लाख ७३ हजार संकलन भएको कार्यालय प्रमुख ढकालले जानकारी दिए। 

सरकारले ‘कर समृद्ध नेपाल सुखी नेपालीको भर’ भन्ने नाराका साथ सातौं कर दिवस मनाइरहेको सन्दर्भमा लक्ष्यभन्दा बढी कर उठ्नुलाई सकारात्मक रूपमा लिनुपर्ने बताइन्छ। ‘हामीले बजार अनुगमन, गाउँगाउँमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रमलाई तीव्रता दिएका छौँ। जसले गर्दा राजस्व संकलनमा समेत टेवा पुगिरहेको छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.