|

काठमाडाैं : सहिद स्मारक ए डिभिजन लिगमा सोमबार तीन खेल हुँदै छन्। 

पहिलो खेलमा सोमबार विहान ११ जे  जावलाखेल युथ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ। पहिलो खेलमा जित निकालेको संकटा लगातार दोस्रो जित निकाल्ने दाउछ। त्यस्तै आजै हुने दोस्रो खेलमा विभागीय टिम एपीएफ र फ्रेण्डस क्लब आमने सामने हुनेछन्। दुवै खेल ललितपुरको सातदोबाटो स्थित एन्फा टेक्निकल मैदानमा हुने छ। 

काठमाडौंको हल्चोकस्थित एपीएफको मैदानमा हिमालयन शेर्पा र सरस्वती युथ क्लबबिच प्रतिस्पर्धा हुने छ। दिउँसो साढे २ बजे सुरु हुने खेलमा दुबै टोली पहिलो जितको खोजीमा हुने छन्। हिमालय पहिलो खेलमा बराबरीमा रोकिएको थियो  भने सरस्वती पराजित भएको थियो।  

आइतबार भएको खेलमा थ्रीस्टारले बिग्रेड ब्वाईज क्लबलाई ५–१ को फराकिलो अन्तरले पराजित गरेको थियो भने मछिन्द्र र नेपाल पुलिसले गोलरहित बराबरी खेलेका थिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.