|

काठमाडौ‌ं :  डा. गोविन्द केसी अस्पताल भर्ना भएका छन्। छातीमा अत्यधिक दुखाइका कारण केसीलाई सोमबार बिहान ४ बजे त्रिवि शिक्षण अस्पताल लगिएको केसीका सहयोगी प्रितम सुवेदीले थाहाखबरलाई जानकारी दिए।

डा. केसीलाई मनमोहन कार्डियो थोरासिक विभागको सिसियुमा राख्ने तयारी भइरहेको मुटुरोग विशेषज्ञ डा अरुण सायमीले जानकारी दिए। उनले भने, ‘छातीमा समस्या भएर आउनुभएका उहाँलाई थप उपचारका लागि सिसियुमा भर्ना गरेर उपचार गर्ने तयारी गरिहरेका छौँ।’  सोमबार बिहानै  स्वास्थ्यमा समस्या देखिएर अस्पताल पुगेका डा  केसीलाई चिकित्सकले भर्ना हुनुपर्ने बताए पनि उनले नमानीरहेको अवस्थामा उनलाई सिसियुममै राखेर एक दुई दिन उपचार गर्नुपर्ने भएर  भर्ना गरिएको डा. सायमीले बताए।

पटक-पटक गरेर १५औँ पटकसम्म अनशन बसेका केसी पछिल्लोपटक २७ दिन लामो अनशनमा भएका सहमतिका माग पूरा नभएपछि १६ औँ अनशनको तयारी गर्दै थिए। छोटो समयमा पटक-पटकको अनशन र बढ्दो उमेरले गर्दा पछिल्लो समय उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.