|
फाइल तस्बिर

काठमाडौं : व्यवस्थापिका संसद अन्तर्गतको अर्थसमितिको बैठक बस्ने घर सिंहदरबारभित्रको काठको घर नम्वर दुई सोमबार बिहान नौ बजेदेखि नै उच्च तहका कर्मचारीको उपस्थिति छ। बिहान सवा नौ बज्दा दुई मन्त्री र  आधा दर्जन सचिवको उपस्थिति थियो। त्यस्तै उपसचिव र सहसचिव सरहका दर्जन बढी कर्मचारी र महालेखा परीक्षक टंकमणि शर्माको समेत उपस्थिति रहेको थियो।

अर्थसमिति सभापति बस्ने 'रो' मा  सभापति सहित केही सदस्यहरूको उपस्थिति छ भने दायाँ बायाँ उच्च तहका कर्मचारीको उपस्थिति। सांसद बस्ने बीचको 'रो ' भने खाली जस्तै छ। दर्जनबढी पत्रकार पनि सोही स्थानमा छ। सरकारको पुँजीगत खर्च गैर बजेटरी स्थिती तथा अबको प्राथमिकतका सम्वन्धमा राखिएको बैठकका बोलाइएको कर्मचारी र पत्रकारको उपस्थिती बाक्लो थियो।

साढे नौ बजेसम्म सभापति दाहल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व अर्थमन्त्रीद्धय विष्णु पौडेल र सुरेन्द्र पाण्डे लगात आठ जना सदस्यको उपस्थिति रहेको थियो। नौ बजेको लागि बोलाइएको बैठक साढे नौ बजेसम्म संचालन भएन।

९: ३५ तिर समिति सभापति कृष्णप्रसाद दाहालले माइक फुके धेरैलाई लाग्यो कोरम नपुगे पनि विषयबस्तुबारे सरकारी अधिकारीहरूलाई प्रकाश पार्न समय दिइने भयो। 'मान्य सदस्यरहरू अहिले १० बजे अर्को महत्वपूर्ण कार्यक्रम भएको र धेरै सदस्यहरू जानु पर्ने भएको कारण बैठक पुन १ बजे बस्ने छ, १ बजेका लागि यहाँ आउनु भएका महत्वपूर्ण व्यक्ति र पत्रकारलाई आउन आग्रह गरिएको छ।'

समित सचिव सुरेन्द्र अर्यालले भने 'हामीलाई बैठक निर्धारण गर्दा यस्तो कुरालाई ध्यान दिने कुरा भएन, पार्टीको मिटीङ भए पनि ठिकै छ भनिन्थ्यो तर मानवीय समवेदना भएको कारण पनि स्थगित गर्नै पर्‍यो' बैठक कक्ष बाहिर पत्रकारसँग भने। तर समयमै उपस्थित भएका उच्च तहका कर्मचारी भने कोरम पुगेन र स्थगित गरियो भन्दै गुनगुनाउदै हिडे।

सोमबारको बैठकमा अर्थमन्त्री डा. युवराज खतिडा, भौतिक योजना तथा याता मन्त्री रघुबीर महासेठ सहित अर्थसचिव, राजश्‍व सचिव, कृषि सचिव, भौतिक योजना तथा यातायात सचिवलगायतका सचिको उपस्थिति रहेको थियो। त्यस्तै महालेखा परीक्षक टंकमणि शर्मा दंगालको समेत उपस्थिती रहेको थियो भने सहसचिव र उपसचिव सरका एक दर्जन कर्मचारीको पनि उपस्थिति रहेको थियो।

पूर्वप्रधानमन्त्री तथा नेकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाशको वार्षिकीका कारण सदस्यहरूको उपस्थिति सोही कार्यक्रममा रहेकोले बैठक सारिएको हो। सोमबार दिउसो १ बजेको लागि बोलाइएको छ। बैठक सरकारको खर्च स्थिति, पारदर्शिता तथा गैर बजेटरी खर्चको विषयमा छलफल गरिने कार्यसूची रहेको छ।

अर्थसमितिले अहिलेसम्म १० बैठक संचालन गरेकोमा चार वटा बैठकको सरकारको बजेटका विषयमा छलफल गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.